भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत « Khabarhub

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्म भूमिगत विद्युतीकरणको लाइन जडानको काम बाँकी रहेको छ ।  

यहाँको काम ८३ प्रतिशत सकिएको जनाउँदै उनले पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माण लगायतका काम सकिएको बताए । बाँकी रहेको भूमिगतको कामसँगै घरमा जोड्ने काम पनि भइरहेको उनले जानकारी दिए । फागुन मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।  

केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ । 

पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । 

महानगर भित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुआती समयमा एक अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै १० करोड रुपैयाँ थप गरिएको हो ।
 
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । 

ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटक–पटक म्याद थप गरेर काम अघि बढाइएको हो । एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । रासस
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : ०२ बजे

हेलिकप्टरमा वनभोज खान गएका बानियाँ भन्छन् : मुख्यमन्त्री भएयता मितव्ययी र पारदर्शी भएको छु

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।