संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित « Khabarhub

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस- संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर ३० सम्म देशभर कुल दुई हजार ६५ पुष्टि भएका दादुराका केस देखिएका छन् ।

तीमध्ये करिब ११ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नुपरेको थियो । दादुराका केसहरू ४४ वटा क्षेत्रहरूमा फैलिएका थिए, साथै केही अन्तर्राष्ट्रिय आगन्तुकहरूमा पनि सङ्क्रमण देखिएको थियो ।

सन् २०२५ मा ४९ वटा दादुराका प्रकोप पहिचान गरिएको थियो, जसबाट कुल घटनाको ८८ प्रतिशत हिस्सा आएको थियो । पाँचदेखि उन्नाइस वर्ष उमेर समूहका बालबालिका र किशोरहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जसले करिब ४२ प्रतिशत केस ओगटेका छन् । यस अवधिमा दादुराका कारण तीन जनाको मृत्यु पनि पुष्टि भएको छ ।

सन् २००० मा संयुक्त राज्य अमेरिकामा दादुरा निर्मूल भएको घोषणा गरिएको थियो । तर पछिल्लो समय बढ्दो प्रकोपका कारण विशेषज्ञहरूले अमेरिका आफ्नो निर्मूल स्थिति गुमाउन सक्ने चेतावनी दिएका छन् ।

छिमेकी देश क्यानडाले सन् २०२५ को नोभेम्बरमा दादुरा निर्मूल स्थिति गुमाइसकेको छ, जसले अमेरिकामा पनि चिन्ता बढाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : ३३ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि