सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता « Khabarhub

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

त्यसक्रममा उनले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको अदालतको संरचना पनि अवलोकन गरेकी छन् ।

उनले अवलोकनका क्रममा क्षतिको विवरण र पुनर्निर्माणको अवस्थबारे पनि कर्मचारी र न्यायाधीशहरूसँग जानकारी लिएकी छन् ।

त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच एक्ला एक्लै संवादसमेत भएको छ।

दुवै पक्षका सचिवालयका सदस्यहरूलाई बाहिर राखेर उनीहरूबीच करिब एक घण्टा लामो संवाद भएको हो ।

उनीहरूबीचको कुराकानीबारे केही बाहिर आएको छैन । यद्यपि पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसले समेत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थपाना माग गर्दै आएका छन् ।

ओलीले बिहीबार मात्रै एमालेका प्रवास कमिटीका नेताहरूलाई सम्बोधनका क्रममा अन्य बेला विघटित हुँदा दुई महिनामा प्रतिनिधिसभा फर्किएका बताउँदै यस पटकको ढिलाइमा रोष प्रकट गरेका छन् ।

प्रतिनिधिसभा विघटनाविरुद्ध परेका झण्डै २० वटा रिटलाई सर्वोच्चले एकै ठाउँ राखेर सुनुवाइ गर्दैछ । तर फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नाम दर्ता भइसकेको छ ।

यो अवस्थामा एकथरीले देश निर्वाचनमा गएको बताइरहेका छन् । एमालेसहित अर्काथरी भने पहिले संविधानविपरीतको विघटना सच्याएर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : ५६ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना