सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता « Khabarhub

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

त्यसक्रममा उनले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको अदालतको संरचना पनि अवलोकन गरेकी छन् ।

उनले अवलोकनका क्रममा क्षतिको विवरण र पुनर्निर्माणको अवस्थबारे पनि कर्मचारी र न्यायाधीशहरूसँग जानकारी लिएकी छन् ।

त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच एक्ला एक्लै संवादसमेत भएको छ।

दुवै पक्षका सचिवालयका सदस्यहरूलाई बाहिर राखेर उनीहरूबीच करिब एक घण्टा लामो संवाद भएको हो ।

उनीहरूबीचको कुराकानीबारे केही बाहिर आएको छैन । यद्यपि पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसले समेत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थपाना माग गर्दै आएका छन् ।

ओलीले बिहीबार मात्रै एमालेका प्रवास कमिटीका नेताहरूलाई सम्बोधनका क्रममा अन्य बेला विघटित हुँदा दुई महिनामा प्रतिनिधिसभा फर्किएका बताउँदै यस पटकको ढिलाइमा रोष प्रकट गरेका छन् ।

प्रतिनिधिसभा विघटनाविरुद्ध परेका झण्डै २० वटा रिटलाई सर्वोच्चले एकै ठाउँ राखेर सुनुवाइ गर्दैछ । तर फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नाम दर्ता भइसकेको छ ।

यो अवस्थामा एकथरीले देश निर्वाचनमा गएको बताइरहेका छन् । एमालेसहित अर्काथरी भने पहिले संविधानविपरीतको विघटना सच्याएर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : ५६ बजे

जेन-जी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी