उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण « Khabarhub

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौ वटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको छ ।

पकेट क्षेत्रमार्फत निश्चित भौगोलिक क्षेत्रमा विशेष बाली तथा उत्पादनलाई प्राथमिकता दिई आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा, उन्नत बीउबिजन र प्राविधिक सहयोग उपलब्ध गराइने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउँदले जानकारी दिए । उनका अनुसार पकेट क्षेत्र निर्धारणपछि किसानलाई अनुदान तथा परम्परागत खेती प्रणालीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ ।

‘चालु आर्थिक वर्षमा कञ्चनपुरमा स्थानीय तह कृषि विशेष पकेट क्षेत्रका लागि प्रत्येक पालिकामा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ’, सुचना अधिकारी साउँदले भने, ‘यसले उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार केन्द्रले भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्र निर्धारण गरेको छ । 

बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पूर्नवास नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई आलु पकेट क्षेत्र निर्धारण गरिएको जनाउँदै साउँदले कृष्णपुर नगरपालिकालाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको बताए । 

उनका अनुसार लालझाँडी गाउँपालिका दलन पकेट क्षेत्र, बेलौरी नगरपालिका तोरी पकेट क्षेत्र र बेल्डाँडी गाउँपालिका आलु पकेट क्षेत्र निर्धारण गरिएको छ । 

‘तीनवर्षे कार्यक्रमअन्तर्गत यो कार्यक्रम कार्यान्वयनको चरणमा छ’, सूचना अधिकारी साउँदले भने, ‘आलु पकेट क्षेत्रका किसानका लागि कोल्डस्टोरको समेत व्यवस्था गरिएको छ ।’

उनका अनुसार आलु पकेट क्षेत्र रहेको पुनर्वासमा दुईवटा कोल्डस्टोर छन् । त्यसैगरी बेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा कोल्डस्टोर सञ्चालनमा छन् ।

पकेट क्षेत्र प्रणालीले लागत घटाई उत्पादन बढाउन र आयआर्जनमा वृद्धि गर्न सहयोग पुग्ने यहाँका किसानको अपेक्षा छ । ‘यो कार्यक्रमले व्यावसायिक रूपमा कृषिमा लागेका किसानलाई प्रोत्साहन गरेको छ’, किसान खुसी रानाले भनिन्, ‘केन्द्रबाट पाउने अनुदान  र प्राविधिक सहयोगले सहज हुनाका साथै राहत पुगेको छ । 

एक दशकदेखि तरकारीखेती गर्दै आएका राना पकेट क्षेत्र विशेष कार्यक्रमले प्रविधिमा पहुँच बढ्ने र उत्पादनको सुनिश्चित बजार पाउनेमा ढुक्क छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट चालु आर्थिक वर्षमा पालिका विशेष उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र निर्धारण गरिएको वरिष्ठ पशु विकास अधिकृत श्यामसिंह खड्काले जानकारी दिए । उनका अनुसार यहाँका सातवटा पालिकालाई भैँसीपालन र दुईवटा पालिकालाई बाख्रापालन विशेष कार्यक्रमका रूपमा तोकिएको छ ।

कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ जनाउँदै खड्काले लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि बजेट विनियोजन भएको बताए । 

‘पुनर्वास र भीमदत्त नगरपालिकामा क्रमशः ६० र ५० लाख रुपैयाँ बजेट आएको छ’, वरिष्ठ पशु विकास अधिकृत खड्काले भने, ‘अन्य पालिकाका लागि ४० लाख रुपैयाँ बजेट छ ।’ उनले सम्भावना देखिएका पशुपन्छीको उत्पादनका क्षेत्रलाई विशेष क्षेत्रका रूपमा निर्धारण गरी व्यावसायिक कृषिको विकास गर्ने लक्ष्य अनुसार यो कार्यक्रम सञ्चालन गरिएको बताए ।  
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ३ : ४० बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना