विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन « Khabarhub

विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजन होइन, एकताबद्ध गर्दै नयाँ नेतृत्वतर्फ लैजाने स्पष्ट पारेका छन् । विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका निराधार भएको उनको भनाइ छ ।

पुस २६ गतेदेखि हुने गरी गत मंसिर १५ गते तय गरिएको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि कांग्रेसभित्र विवाद चुलिएको छ । यही सन्दर्भमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको घोषणा गरेका थिए ।

यसै विषयमा छलफल गर्न ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, पार्टीको आन्तरिक संगठन र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुन जाने क्रममा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माेले कांग्रेसले विगतमा सशस्त्र विद्रोहजस्ता जटिल विषयहरू समेत समाधान गरेको स्मरण गराए । ‘विधानको व्यवस्थाअनुसार अघि बढ्दा कांग्रेस फुट्दैन, एक ढिक्का भएर अघि बढ्छ,’ उनले भने ।

देशभरबाट पार्टी फुट्ने चिन्ता व्यक्त गर्दै फोन आएको उल्लेख गर्दै शर्माले अहिलेको परिस्थितिमा नयाँ नेतृत्व र नयाँ नीतिसहित अघि बढ्नु आवश्यक रहेको बताए । ‘मिति मात्रैका कारण नियमित महाधिवेशन रोकिएको हो । त्यसको विकल्पका रूपमा विशेष महाधिवेशन प्रस्ताव गरिएको हो,’ उनले स्पष्ट पारे ।

विशेष महाधिवेशनको कार्यतालिका पनि शर्माले सार्वजनिक गरे । उनका अनुसार पुस २६ गते एक घण्टा उद्घाटन सत्र हुनेछ । त्यसपछि सुशासन, समसामयिक राजनीति र जेन–जीसँग सम्बन्धित एजेन्डा पारित गरिनेछ । सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने र भोलिपल्ट बिहानदेखि मध्याह्नसम्म नयाँ नेतृत्व चयन गरिने योजना छ ।

‘पार्टी फुटाउने कुनै एजेन्डा छैन,’ शर्माले भने, ‘कांग्रेस एक ठाउँमा उभिनका लागि पनि विशेष महाधिवेशन आवश्यक छ ।’

कुनै हालतमा नेपाली कांग्रेस विभाजित नहुने दाबी गर्दै उनले सद्भाव, सुशासन र समुन्नतिको यात्रामा अघि बढ्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : २७ बजे

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र