विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल « Khabarhub

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । 

जिल्लाको पञ्चपुरी नगरपालिका–५ र ६ बाबियाचौरस्थित बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६औँ वार्षिक साधारणसभामा शुक्रबार उनले विकासमा नभई विकासका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् । 

मुख्यमन्त्री कँडेलले सबैको खबरदारीका कारण नै वर्षौंदेखि अलपत्र परेको बडीचौर खम्बागाडे सडक निर्माणले गति लिएको बताए ।

उनले पश्चिम सुर्खेतमा विद्युत्, सडक, खानेपानी नै मुख्य कुरा रहेको बताउँदै प्रदेश सरकारले ती विषयमा आफ्नो क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाए । 

मुख्यमन्त्री कँडेलले राजनीतिक दललाई तर्साएर कसैलाई फाइदा नहुने भन्दै विकासका लागि नयाँ पुराना सबैले सहकार्य गर्नुपर्ने धारणा राखे । अब विकास निर्माणका काम सही ढङ्गबाट अगाडि बढाउन सही मान्छेलाई निर्वाचित गर्नुपर्नेमा उनको जोड थियो ।  
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ५५ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार