कांग्रेस महाधिवेशन अब वैशाख २८-३१ मा गर्न प्रस्ताव, कार्यसमितिको अवधि जेठसम्म लम्ब्याउने तयारी « Khabarhub

कांग्रेस महाधिवेशन अब वैशाख २८-३१ मा गर्न प्रस्ताव, कार्यसमितिको अवधि जेठसम्म लम्ब्याउने तयारी


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्न प्रस्ताव गरिएको छ।

सानेपामा बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव गरेका हुन् ।

उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले प्रस्ताव गरेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणासहित भृकुटीमण्डपको हल पनि बुकिङ गरेको अवस्थामा संस्थापनले काउन्टर प्रस्ताव ल्याएको हो ।

विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका भइरहेका बेला संस्थापनले महाधिवेशन आगामी फागुन २१ को चुनावपछि मात्रै गर्ने प्रस्ताव लगेको हो ।

यसअघि पुस २६ गतेदेखि हुने गरी गत मंसिर १५ गते तय गरिएको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएको छ। यसले कांग्रेसभित्र ठूलो विवाद चुलिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको घोषणा गरेका थिए । तर केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमिति दुवैमा बहुमत रहेको संस्थापनले विशेष महाधिवेशनलाई बेवास्ता गर्दै नियमित महाधिवेशन नै आगामी वर्ष गर्ने प्रस्ताव अघि सारेको हो ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ४१ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री