एमालेपछि कांग्रेस पनि पुरानै नेतृत्व लिएर चुनावतिर, महाधिवेशन आगामी वैशाख अन्तिमसम्म धकेलियो « Khabarhub

एमालेपछि कांग्रेस पनि पुरानै नेतृत्व लिएर चुनावतिर, महाधिवेशन आगामी वैशाख अन्तिमसम्म धकेलियो


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन फेरि एक पटक सरेको छ। नयाँ प्रस्ताव अनुसार अब कांग्रेसको महाधिवेशन आगामी २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म हुनेछ ।

उक्त प्रस्ताव कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गरेका हुन् । खड्काको प्रस्तावलाई बैठकले पारित गरेको जानकारी पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दिएका छन् ।

यसअघि ४९ दिनसम्म बसेर गत मंसिर १५ गते सकिएको केन्द्रीय कार्यसमिति बैठकले यही पुस २६ देखि पन्ध्रौँ महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर रकेटको गतिमा गर्ने भनिएको उक्त महाधिवेशन वडा कार्यसमितिको अधिवेशन नहुँदै तुहिन पुगेको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणासहित भृकुटीमण्डपको हल पनि बुकिङ गरेको अवस्थामा संस्थापनले काउन्टर प्रस्ताव ल्याएर पारित पनि गरेको छ।

विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका भइरहेका बेला संस्थापनले महाधिवेशन आगामी फागुन २१ को चुनावपछि मात्रै गर्ने प्रस्ताव लगेर पारित गरेको हो ।

करिब डेढ महिनाको रस्साकस्सीपछि मंसिर १५ मा सकिएको केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय एक महिना नपुग्दै बेकामे बनेपछि नयाँ प्रस्ताव पास गरिएको हो ।

१५औं महाधिवेशन र विशेष महाधिवेशनको विवादबीच केन्द्रीय कार्यसमिति बैठक ४० दिनभन्दा बढी चलेर पनि कांग्रेस अनिर्णयको बन्दी भएको थियो । यस पटक पनि वडा र पालिका अधिवेशन गर्ने बेलासम्म कांग्रेसका दुईवटा समूह जुहारीमै रमाइरहँदा महाधिवेशन अलपत्र परेको हो ।

कांग्रेस बैठकमा आएको यो प्रस्तावसँगै महामन्त्रीद्वय थापा र शर्माले भने जस्तो नेतृत्व फेरेर फागुन २१ को चुनावमा होमिने योजना अब तुहिएको छ।

तत्काललाई कांग्रेसले पनि चौधौँका निर्वाचित सभापति शेरबहादुर देउवालाई नै अघि सारेर चुनावमा होमिनुपर्ने भएको छ। एमालेमा ओलीले विधानसमेत आफूअनुकुल संशोधन गरेर तेस्रो कार्यकाल अध्यक्षमा कायम रहँदै चुनावी नेतृत्व सम्हाल्ने निर्णय गरिसकेका छन् ।

महाधिवेशनको नयाँ कार्यतालिका

(क) गाउँ/नगर वडा अधिवेशन- २०८२ चैत २१ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन- २०८२ चैत २५ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०८२ चैत २८ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन- २०८३ वैशाख २ गते
(ङ) दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०८२ वैशाख ५ गते
(च) प्रदेश अधिवेशन- २०८३ वैशाख १०, ११ र १२ गते
(छ) केन्द्रीय महाधिवेशन : २०८३ वैशाख २८, २९, ३० र ३१ काठमाडौं

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ५५ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी