सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन « Khabarhub

सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । 

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए ।

सरकारको मन्त्रीमात्रै नभई जोकोही योग्य नागरिक चुनावमा उठ्न पाउने भन्दै उनले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख गरे । 

खरेलले आफू नागरिक सरकारको प्रवक्ताका साथै सञ्चारमन्त्री पदमा रहेकाले अहिलेसम्म कुनै पार्टीमा आबद्ध नरहेको र चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा कुनै निर्णय नगरेको बताए । 

उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनको सबै तयारी भइसकेकाले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह समेत गरे । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ५७ बजे

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट