लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ  « Khabarhub

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका छन् । 

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको जलविद्युत् परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको प्रभाव र समाधानसम्बन्धी छलफल कार्यक्रममा मन्त्री घिसिङले तनहुँ हाइड्रोपावर लगायतका अन्य परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका हुन् ।

केही जग्गाधनीले नगद मुआब्जाको सट्टा जग्गाको बदलामा जग्गा उपलब्ध गराउनुपर्ने विषयमा छलफल भएको उनले बताए । उनले मुआब्जा समस्यालाई समाधानका लागि धेरै प्रयास गरिरहेको भन्दै स्थानीय समुदाय पनि सहमतिमा आउनुपर्नेमा जोड दिए । 

मुआब्जा समस्यालाई समाधान हुन नसकेको अवस्थामा आयोजनाको लागत निकै उच्च हुने भएकाले सरकारले यसमा विशेष ध्यान दिएको उनको भनाइ छ ।  

दातृ निकायको मापदण्डअनुसार मुआब्जा समाधान गर्नुपर्ने आवश्यकता भन्दै उनले परियोजनाको सामाजिक पक्षप्रति सरकार गम्भीर रहेको स्पष्ट पारे । आयोजनाको लागत महँगो भए त्यसबाट उत्पादित विद्युत् समेत महँगो हुने अवस्था आउने उनले बताए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : १२ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी