मधेसका कृषिमन्त्रीले भने- म मन्त्री होइन, किसानको छोरा हुँ, कृषकका समस्या समाधानमा दत्तचित्त भएर लाग्नेछु « Khabarhub

मधेसका कृषिमन्त्रीले भने- म मन्त्री होइन, किसानको छोरा हुँ, कृषकका समस्या समाधानमा दत्तचित्त भएर लाग्नेछु


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले संघीय कानुनका कारण प्रदेशमा काम गर्न थुप्रै चुनौती रहेको बताएका छन् । 

वीरगन्ज उद्योग वाणिज्य संघले आज आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री पटेलले कर्मचारीहरूले गरेको ब्रिफिङ अनुसार संघीय कानुनको बाधा अड्चनका कारण प्रदेशमा किसानका समस्या समाधान असर पुग्ने गरेको पाइएको बताएका हुन ।    

उनका अनुसार भूमि सम्बन्धी ऐन छैन, यस्ता अरु थुप्रै कानुन नेपाल सरकारले ल्याउन सकेको छैन । जसका कारण प्रदेशमा काम गर्न कठिनाइ हुने गरेको पाइएको उनको भनाइ छ । 

 तर त्यसको बाबजुद पनि आफ्नो कार्यकालभर किसानका समस्याको समाधानका लागि दत्तचित्त भएर काम गर्ने  उनले प्रतिबद्धता व्यक्त गरेका छन् । 

‘संघीयता आए पनि कानुनी अड्चन छन्, तर त्यसले काम रोकिँदैन,’ उनले भने ।

उनका अनुसार वर्तमान अवस्थामा किसानहरू अनेक समस्याबाट गुज्रिरहेका छन्, ती समस्याको समाधान नै आफ्नो पहिलो प्राथमिकता रहनेछ । 

‘म आफैँ किसानको छोरा हुँ, त्यसैले किसानका पीडा र समस्या मलाई राम्ररी थाहा छ,’ मन्त्री पटेलले भने, ‘कार्यभार सम्हालेको दिन मातहतका कर्मचारीहरूले दिएको ब्रिफिङ सुनेपछि प्रदेशका किसानको अवस्था कति जर्जर छ भन्ने कुरा अझ स्पष्ट रूपमा बुझ्न पाएँ। ती सबै समस्यालाई सम्बोधन गर्ने गरी अध्ययन अघि बढाएको छु ।’

सम्मान कार्यक्रममा मन्त्री पटेलले पहिलो चरणमा किसानदेखि व्यवसायीसम्मतसँग स्थलगत रूपमा भेटघाट गरी सुझाव सङ्कलन गरिरहेको जानकारी दिए। 

उनका अनुसार मधेस प्रदेशलाई कृषि क्षेत्रमा नमुना बनाउने लक्ष्यसहित सुझाव लिने काम भइरहेको छ।

मन्त्री पटेलले किसान तथा व्यवसायीहरुलाई आफूलाई मन्त्री नभई भाइ सम्झेर सल्लाह दिन आग्रहसमेत गरेका छन् । 

 उनी भन्छन्, ‘म मन्त्री होइन, तपाईँहरूको भाइ हुँ। भाइ सम्झेर खुलेर सल्लाह दिनुहोस्, प्रदेशको हितमा हुने सबै सल्लाह कार्यान्वयन गर्नेछु ।’

उखु किसानको समस्याबारे पनि गुनासो आएको जनाउँदै मन्त्री पटेलले त्यसको समाधानका लागि मन्त्रालय स्तरमै छलफल अघि बढाएको मन्त्री पटेलको प्रस्टोक्ति छ ।  

उनका अनुसार किसानमैत्री नीति र कार्यक्रममार्फत प्रदेशको कृषि क्षेत्र सुधार गर्ने आफ्नो प्रयास निरन्तर रहनेछ । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षता कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ३४ बजे

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण