काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले खबरहबलाई दिएको जानकारीअनुसार विमानस रन वेबाट चिप्लिएर दुर्घटना भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको जानकारी दिए ।
यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको बताइएको छ । जहाजमा ५१ जना यात्रु रहेका थिए ।













प्रतिक्रिया