सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन « Khabarhub

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल भुसाल) र हरिश विष्टबीच सहमति भएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको नेतृत्वमा भएको वार्तापछि ६ बुँदे सहमति जुटेसँगै अनसन तोडेका छन् ।

सहमति अनुसार जेन्जी आन्दोलनका क्रममा भएका घटनाबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले अन्तिम चरणमा बयान संकलन गरिरहेको जनाइएको छ । आयोगको प्रतिवेदन प्राप्त भएको १५ दिनभित्र दोषी ठहर भएकामाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सरकारको प्रतिबद्धता छ ।

त्यस्तै, जेन्जी आन्दोलनमा सहभागी भएकै कारण थुनामा रहेका, अनुसन्धान वा अभियोजनमा परेका व्यक्तिहरूको हकमा तत्काल छानबिन गरिनेछ । गम्भीर अपराधमा संलग्न नरहेको देखिएमा एक महिनाभित्र मुद्दा फिर्ता लिई हिरासतमुक्त गर्ने सहमति भएको छ ।

सहमतिको अर्को महत्वपूर्ण बुँदामा भ्रष्टाचार निवारण र संस्थागत सुधार समेटिएको छ । राजनीतिक तथा नीतिगत भ्रष्टाचार र सार्वजनिक निकायमा व्याप्त दलीय भागबण्डा अन्त्य गर्न १५ दिनभित्र कार्यादेश तयार गरी उच्चस्तरीय छानबिन आयोग गठन गरिनेछ ।

उक्त आयोगले सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, दलीयकरण रोक्ने नीतिगत सुधार, तथा प्रशासनिक पुनर्संरचना र विद्युतीय सुशासनमार्फत सेवा प्रवाह पारदर्शी बनाउने विषयमा सिफारिस गर्नेछ ।

वैदेशिक मताधिकार सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको छ । विदेशमा रहेका नेपाली नागरिक र अन्य जिल्लामा रहेका मतदातालाई आगामी निर्वाचनमै मतदान गर्न मिल्ने गरी आवश्यक कानुन निर्माण र प्रविधिगत व्यवस्था गरिने जनाइएको छ ।

यसैगरी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश सरकारको स्वरूप लगायत शासकीय तथा संवैधानिक सुधारका विषयमा अध्ययन र सुझाव दिन एक महिनाभित्र “संविधान संशोधन सुझाव आयोग” गठन गरिने सहमति भएको छ । उक्त आयोगमा स्वतन्त्र विज्ञ, जेन्जी आन्दोलनका प्रतिनिधि, युवा तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : ५१ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन