कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु « Khabarhub

कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

सन् २०२१ मा एम–२३ भनिने स्रोत–समृद्ध पूर्वको विशाल भूभाग कब्जा गरेको एक सशस्त्र समूहले सन् २०२४ अप्रिलमा रुवान्डाको सहयोगमा उत्तरी किभु प्रान्तको रुबाया खानी कब्जा गरेको थियो।

राजधानीबाट निकै टाढा रहेको खानी नजिकै रहेको सुरक्षा निकायका अनुसार पहाडको एक भाग बुधबार दिउँसो भत्किएको र त्यहाँको अर्को भागमा बिहीबार बिहान दोस्रो पहिरो गएको थियो ।

एम–२३ का गभर्नर इरास्टन बाहाटी मुसाङ्गाले भनेका छन्, “पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको छ।”

त्यहाँ धेरै दिनदेखि फोन नेटवर्क बन्द भएको छ। कङ्गोका अधिकारी र नागरिक समाज समूहहरू एम–२३ लडाकू समूह घटनास्थलमाम आइपुगेपछि क्षेत्र छोडेर भागेका थिए ।

रुबाया खानीले ल्यापटप र मोबाइल फोन जस्ता इलेक्ट्रोनिक्सको उत्पादनको एक प्रमुख स्रोत कोल्टनको विश्वव्यापी आपूर्तिको १५ देखि ३० प्रतिशत उत्पादन गर्दछ ।

विज्ञहरूको अनुमान अनुसार एम–२३ ले कोल्टनको उत्पादन र बिक्रीबाट प्रति किलो सात डलर कर लिने गरेको छ र खानिबाट प्रति महिना लगभग आठ लाख अमेरिकी डलर कमाउँछ।

विश्वव्यापी कोल्टनको कम्तिमा ६० प्रतिशत हिस्सा ओगटेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोको फराकिलो पूर्वी क्षेत्र सुन र टिनको विशाल भण्डार क्षेत्र पनि हो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : २५ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह