रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पेशीमा चढ्यो « Khabarhub

रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पेशीमा चढ्यो


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको पेशी सोमबारलाई तोकिएको हो ।

अधिवक्ता युवराज सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धमा रिट दायर गरेका हुन् । अधिवक्ता सफलले लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै २०७९ चैत २० गते रिट दायर गरेका थिए ।

सोमबारका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो । पेशी १२ औं नम्बरमा रहेकाले सोमबार नै सुनुवाइ हुने वा नहुने भने टुंगो लागिसकेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ११ : ५९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली