काठमाडौं–१ : ‘चर्चित’ निर्वाचन क्षेत्रमा मतदाताको मनोविज्ञान बुझ्दै उम्मेदवार « Khabarhub

काठमाडौं–१ : ‘चर्चित’ निर्वाचन क्षेत्रमा मतदाताको मनोविज्ञान बुझ्दै उम्मेदवार


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसदीय राजनीतिका लागि सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन् ।
 
विसं २०४६ को राजनीतिक परिवर्तन पछाडि नेपाली कांग्रेसका कार्यवाहक  सभापति एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव मदनकुमार भण्डारी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस नेता प्रकाशमानसिंह र एमाले नेता प्रदीप नेपाललगायत ‘हेभीवेट’ नेता चुनावी प्रतिस्पर्धामा होमिएको सो निर्वाचन क्षेत्र सधैँ चर्चामा रहँदै आएको छ ।
 
विसं २०४८ मा उक्त निर्वाचन क्षेत्रबाट तत्कालीन प्रधानमन्त्री भट्टराईलाई पराजित गर्दै एमालेका तत्कालीन महासचिव भण्डारी विजयी भए। प्रजातन्त्रपछि गठित सरकारका प्रधानमन्त्री नै पराजित भएको विषयको समाचारले राष्ट्रिय तथा अन्तरराष्ट्रियरूपमा ठूलो चर्चा पाएको थियो ।
 
महासचिव भण्डारीको सडक दुर्घटनामा निधन भएपछि २०५१ सालको उपनिर्वाचनमा उनकी धर्मपत्नी विद्यादेवी कांग्रेसका पूर्वकार्यवाहक सभापति भट्टराईलाई पराजित गर्दै विजयी भइन्। राजधानी उपत्यकामा उक्त निर्वाचन क्षेत्रलाई कांग्रेसकै मतदाता बाहुल्यता भएको मानिँदै आएको छ । मुलुकमा प्रजातन्त्र पुनःबहालीपछिका निर्वाचनमा एमालेको बहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा गणतन्त्रपछि भने नेपाली कांग्रेसले आफ्नो पक्कड क्षेत्रकारूपमा कायम राखेको थियो ।
 
विसं २०५१ मा भएको मध्यावधि निर्वाचनमा एमाले अध्यक्ष मनमोहन अधिकारी सो क्षेत्रबाट विजयी भए। त्यसपछि भएको २०५३ उपनिर्वाचनमा भने कांग्रेसका तर्फबाट नारायणप्रसाद ढकालले सफलता पाए। विसं २०५६ को संसदीय निर्वाचनमा एमाले नेता प्रदीप नेपाल विजयी भए। त्यसपछि २०६४ देखि २०७९ सम्म भएका चार वटा निर्वाचनमा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहलाई लगातार विजयी भए।
 
मुलुकका प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च न्यायालय, जननिर्वाचित प्रतिनिधिको थलो संसद्, गत भदौको जेनजी आन्दोलनको केन्द्र रहेको निर्वाचन क्षेत्र नं १ मा राजनीतिक दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
 
त्यसमध्ये राजनीतिक दलबाट तीन महिलासहित १६ र  एक महिलासहित १३ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाडौँ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राजनीतिक दलका तर्फबाट २४ महिलासहित १६८  तथा २२ महिलासहित ८२ स्वतन्त्र उम्मेदवार छन्।
 
सहायक निर्वाचन अधिकृत भरत घिमिरेका अनुसार ४८ हजार ४८९ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा २२ मतदानस्थल र ५७ वटा मतदान केन्द्र छन् । उक्त निर्वाचन क्षेत्रभित्र काठमाडौँ महानगरपालिकाको १०, ११, २९ र ३१ वडा पर्दछन् । बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयका रहेको मतदान स्थालमा पाँच वटा मतदान केन्द्रमा चार हजार चार सय चौहत्तर मतदाता रहेका छन् ।
 
स्वतन्त्र पार्टी ९रास्वपा० का रन्जु दर्शना (न्यौपाने), राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का रवीन्द्र मिश्रको उम्मेदवारी परेको छ । 

यस्तै जनता समाजवादी पार्टी नेपालबाट प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीबाट रमिला ज्याख्व ९सुवाल०, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीका समिर लामा तामाङ, मितेरी पार्टी नेपालबाट राजकुमार लिम्बू, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०का धनराज शाही, उज्यालो नेपाल पार्टीबाट मङ्गलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी,  नेपालबाट इन्द्रप्रसाद श्रेष्ठ र नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही चुनावी मैदानमा छन्।
 
समावेशी समाजवादी पार्टीका सुरेन्द्र पाण्डे, जनादेश पार्टी नेपालका कमल सुवेदी, स्वतन्त्र उम्मेदवार कमल कोइराला, राजु भुजेल, शम्भु पोखरेल, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, असिममान सिंह बस्न्यात, किरण शाह, कुमार शाही, राजकुमार बजगाई, शान्ति श्रेष्ठ, कुशल खत्री, सङ्गीत बम्म र रमेशप्रसाद जोशी चुनावी प्रतिस्पर्धामा छन्।
 
एमालेका उम्मेदवार मोहनराज रेग्मीले राजनीतिक स्थायित्व दिलाउन, व्यवस्थाको सुदृढीकरण, आन्दोलनमा भएको ठूलो क्षतिको पुनःनिर्माण, अव्यवस्थित बसोबास, खोला किनारा क्षेत्रको संरक्षण, पार्किङको व्यवस्था जस्ता विषय आफ्नो प्राथमिकतामा रहेको बताउँछन्।
 
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तेस्रो पटक सो निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन्। 

‘यो पटक मेरो उम्मेदवारीप्रति मतदाताबाट सकारात्मक  प्रतिक्रिया पाएको छु, फरक राजनीतिक दर्शन र सिद्धान्त बोकेका मतदाताले पनि भेटघाटको अवसर मिलाइदिनुभएको छ, मतदाताको भावना परिवर्तन गर्नुपर्छ भन्ने छ’, उनले भने, ‘उम्मेदवारले मतदातालाई पुरानो मनोविज्ञानबाट बाहिर निकाल्न पर्ने आवश्यकता देखेको छु ।’
 
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेनुका भण्डारीले नागरिक आन्दोलनबाट आएकाले जनताको गुनासोलाई प्रतिनिधिसभामा पुर्‍याउने र कार्यान्वयनका लागि दबाव दिने कार्य आफ्नो प्राथमिकतामा पर्ने बताए।

उनले भने, ‘क्षेत्र नं १ मा मुलुकका सबै जिल्लाका नागरिकको बसोबास रहेको, भौतिक पूर्वाधारको विकास र शैक्षिक ‘हव’ का रूपमा रहेको छ, अब फोहरमैला व्यवस्थापन, ढल र खानेपानीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने स्थानीयको माग छ ।’
 
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) समग्र मतदाताको भावना राजनीतिक परिवर्तनसँगै चुनावी घोषणापत्र अध्ययनका आधारमा मत जाहेर गर्ने प्रतिक्रिया प्राप्त भएको बताइन्। 

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमिला ज्याख्व आफ्नो पार्टीले राष्ट्रिय स्वाधिनता र किसानको हकहितमा काम गर्दै आइरहेकाले यी नै विषय आफ्नो चुनावी एजेण्डा रहेको स्पष्ट पारिन्। 
 
स्वतन्त्र उम्मेदवार असिममानसिंह बस्न्यात यसअघिका निर्वाचनमा विजयी भएका सांसद मतादातालाई अप्ठयारो पर्दा निर्वाचन क्षेत्रमा फर्केर नआएको भन्ने गुनासोलाई आफू विजयी भएको खण्डमा त्यसलाई दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। 
 
निर्वाचन क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले उम्मेदवारको मनोनयन पत्र र निर्वाचन चिह्न प्रदानको काम सम्पन्न भइसकेकाले मतदानस्थल र केन्द्रको व्यवस्थापनबारे निरीक्षण र अध्ययनका कार्यअघि बढिरहेको बताए।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  २ : ४६ बजे

‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन शिक्षा मन्त्री महावीर पुन रिसले

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको