साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश « Khabarhub

साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्की जिल्लामा साबिक नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न राजनीतिक दल परित्याग गरी ३ सयभन्दा बढी नेता–कार्यकर्ता नेकपा (एमाले) मा समाहित भएका छन्।

एमालेको ‘फर्क अभियान’ अन्तर्गत पार्टी प्रवेश गर्नेहरूमा साबिक समाजवादी कास्की जिल्ला कमिटीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, शिवराज आचार्यसहितका नेता–कार्यकर्ता छन्।

एमालेमा समाहित भएका सम्पूर्ण नेता–कार्यकर्तालाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, कास्की इन्चार्ज कृष्ण थापा लगायतका नेताहरूले स्वागत गरेका थिए।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टी सचिव दर्शन लामाले गरेका थिए।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : १६ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा