आदिवासी जनजाति उत्थान प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन-महोत्सव आयोजना गर्ने « Khabarhub

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन-महोत्सव आयोजना गर्ने


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना गर्ने भएको छ । 

प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ आयोजना गर्न लागिएको जनाएको हो । 

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले पुस्तौँदेखि अभ्यासमा रहेका ज्ञानको संरक्षण र पुस्तान्तरण गर्ने अभ्यासलाई फराकिलो बनाउन प्रतिष्ठानले पहिलो पटक आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना गरेको जानकारी दिए । 

माघ २५ देखि २७ गतेसम्म आयोजना गरिने सम्मेलनका क्रममा आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने उनले जानकारी दिए । 

आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण तथा समावेशी विकासका विविध पक्षमा समेत छलफल गरिने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : ५२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म