मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने  « Khabarhub

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा निस्किने भएका छन् । उनको खुट्टामा लागेको चोट बिस्तारै निको हुन थालेपछि उनी सार्वजनिक हुन लागेका हुन् । 

निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवार रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग यही ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । 

चोट लागे पनि रविले त्यसलाई वास्ता नगरीकन आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका थिए । तर सङ्क्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालबाट १५ गते नै डिस्चार्ज भए पनि रवि केही दिनसम्म चिकित्सकको सल्लाहअनुसार घरमै रेस्ट गरेको र मंगलबारबाट सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको उपसभापति डिपी अर्यालको भनाइ छ । अर्यालका अनुसार भोलिबाट चितवनतिर निस्कने कार्यक्रम तय भएको छ। 

‘खुट्टामा चोट लागेको कारण उहाँ सार्वजनिक हुन सक्नुभएको थिएन । भोलिबाट उहाँ बाहिर निस्कँदै हुनुहुन्छ । त्यसपछाडि चितवन जानुहुन्छ।’ उपसभापति अर्यालले खबरहबलाई भने,’अहिले नै उहाँ देश दौडानमा निस्किने अवस्था छैन बिस्तारै निस्कनुहुन्छ। चिकित्सकले केही समय रेस्ट गर्नु भनेको भएर उहाँ आराम गरिरहनुभएको थियो ।’ 

रविको सङ्क्रमण गहिराइसम्म पुगेर ‘सेलुलाइटिस’ भएको थियो । संक्रमणले प्रभावित क्षेत्रमा सुन्निने, रातो हुने, तातो महसुस हुने र दुख्ने समस्या निम्त्याउँछ । 

सुरुमा निलो भएर रगत ननिस्किएपछि रविले यसलाई नगरेका कारण थप सङ्क्रमण फैलिएको चिकित्सकहरूले जानकारी गराएका थिए । 

चिकित्सकहरूका अनुसार यदि समयमै उपचार नगरेमा यो संक्रमण छिट्टै फैलिने र रगतमा सङ्क्रमण देखा पर्ने स्थिति आउन सक्छ । 

रविले चोट लागेपछि केही दिन यसलाई इन्कार गरेर हिँडिरहेका कारण थप सङ्क्रमण फैलिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ३१ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ