त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु « Khabarhub

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ । 

विद्यार्थीले वर्षौंदेखि देशका जुनसुकै कुनाबाट परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका थिए । पछिल्लो साता विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएका थिए । त्यसपछि कार्यालय प्रशासनले उनीहरूसँग सहमति गरेको छ । 

परीक्षालाई क्रमशः विकेन्द्रित र सूचना प्रविधिमा आधारित बनाउँदै लैजान यसपटक काठमाडौँमा यही माघ १८ देखि तय भएको तीन वर्षे स्नातक तहको मौका परीक्षालाई  माघ २५ गतेदेखि विद्यार्थीको सम्बद्ध प्रदेशमै दिन पाउने व्यवस्था मिलाइएको छ ।

 ‘काठमाडौँमा हुने भनिएकोमा परीक्षार्थीहरूलाई पर्ने असुविधा तथा आर्थिक भारलाई मध्यनजर गर्दै पूर्ववत् सूचनाअनुसार हुने भनिएको परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एउटा परीक्षा केन्द्र रहने गरी २०८२ साल माघ २५ गतेदेखि सञ्चालन हुने’, सूचना प्रकाशन गरी जनाइएको छ । 

यसअनुसार मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन संकनय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका परीक्षार्थीले आंशिक वा मौका परीक्षा दिन पाउने छन् । 

‘परीक्षालाई विकेन्द्रित गर्दै लैजान यसो गरेका हौँ,’ परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले भने। तीन वर्षे स्नातकजस्तै अन्य परीक्षालाई पनि यथासम्भव प्रदेशबाट गराइने उनले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थीसँग भएको सहमतिअनुरूप परीक्षा प्रणाली सुधारमा ढिलो भइरहेको बताए । 
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ७ : २० बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ