समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हट्यो, २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए « Khabarhub

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हट्यो, २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ।

आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा पेस भएका बन्दसूचीबारे प्राप्त उजुरी, प्रचलित कानुनअनुसार उम्मेदवारको योग्यता तथा अयोग्यता, आयोगका विभिन्न निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रुजु गर्दा उक्त संख्यामा नाम हटाउनुपर्ने अवस्था देखिएको हो।

नाम हटाइएका उम्मेदवारमध्ये २१ जना कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका छन् । २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत कायम रहेको पाइएको छ।

यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना र मतदाता नामावलीमा नाम समावेश नभएका १ जनाको नाम पनि हटाइएको छ।

यसका साथै, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका २ जना, महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना तथा सम्बन्धित राजनीतिक दलको आग्रहमा नाम हटाइएका १० जना छन्। एकभन्दा बढी कारणका आधारमा अयोग्य ठहर भएका उम्मेदवारको संख्या २ रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ७ : २८ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ