चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ « Khabarhub

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज यहाँको चौबिसकोठीमा सडकमै सभा गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । महाअभियानको सडक सभाअन्तर्गत केन्द्रीय संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

चौबिसकोठीमा सडकमै गाडी रोकेर सभा गर्न खोज्दा प्रहरी र सभामा सहभागी हुन आएकाबीच केही समय चर्काचर्की परेको थियो ।

महाअभियानलाई स्थानीय प्रशासनले हाकिमचोकको केन्द्रीय बस टर्मिनलमा कार्यक्रम गर्ने स्थान तय गरेको भए पनि अभियानका सदस्यहरु बल प्रयोग गरेर चौबिसकोठीमा कार्यक्रम गर्न लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ९ : ३२ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको