अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी « Khabarhub

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकको मृत्युको बदला लिने र इरानी शासनमाथि ‘सबैभन्दा कठोर प्रहार’ गर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘अमेरिकाले यतिखेर एक विशाल सैन्य अभियान सञ्चालन गरिरहेको छ। यो केवल वर्तमान समय र स्थानको सुरक्षाका लागि मात्र नभई हाम्रा छोराछोरी र तिनका सन्ततिको भविष्यका लागि पनि हो।’

स्वतन्त्र नागरिकका लागि यो एक कर्तव्य र जिम्मेवारी भएको उनको भनाइ छ।

ट्रम्पले कट्टरपन्थी विरुद्ध अमेरिकाले अगाडि सारेको यो कदम सही भएको दाबीसमेत गरेका छन्। उनले थप भनेका छन्, ‘अमेरिकीहरूले आणविक हतियारले सुसज्जित कट्टरपन्थी र रक्तपिपासु आतङ्ककारी शासनको सामना कहिल्यै गर्न नपरोस् भन्नका लागि यी कदमहरू सही छन्।’

इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको खुलेको छ। यो हमलामा पाँच जना गम्भीर घाइते भएको सार्वजनिक गरिएको छ।

अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको छ। संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको बताइएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ४८ बजे

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म