हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी « Khabarhub

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा हिजबुल्लाहले रकेट र ड्रोन आक्रमण गरेपछि इजरायली लडाकु विमानले लेबनानको राजधानी बेरुतमा बमबारी गरेका छन्।

लेबनानी समूह हिजबुल्लाहले सोमबार बिहानै विज्ञप्ति जारी गर्दै उक्त आक्रमण इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको बदलामा भएको बताएको छ ।

अलजजिराका अनुसार हिजबुललाले यो आक्रमणलाई लेबनान र त्यहाँका जनताको रक्षाका लागि गरिएको जनाएको छ। ‘इजरायलको निरन्तरको आक्रामकता र हाम्रा नेता, जनताको हत्याको प्रतिवाद गर्न उपयुक्त समय र स्थानमा जवाफ दिने अधिकार हामीसँग सुरक्षित छ’, हिजबुल्लाह समूहले सार्वजनिक गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

यो द्वन्द्वले एकातर्फ अमेरिका र इजरायल तथा अर्कोतर्फ इरान र उसका सहयोगी राष्ट्रहरूबीच क्षेत्रीय युद्धको रूप लिँदै गएको सङ्केत गरेको छ। जसले तनावलाई थप उच्च बिन्दुमा पुर्‍याएको छ।

हिजबुल्लाहको आक्रमण लगत्तै इजरायलले दक्षिण बेरुतमा हवाई आक्रमण सुरु गरेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिण लेबनानका विभिन्न गाउँमा इजरायलले आक्रमण गरेको छ ।

इजरायली सेनाले लेबनानभर हिजबुल्लाहमाथि ‘शक्तिशाली प्रहार’ गरिरहेको जनाएको छ। युद्धमा सामेल हुने हिजबुल्लाहको निर्णयविरुद्ध इजरायली सेना कडा रूपमा प्रस्तुत भएको छ।

इजरायलले लेबनानलाई विनाशको बाटोमा लगेको आरोप लगाउँदै यसको जिम्मेवारी हिजबुल्लाहले नै लिनुपर्ने र त्यसको सशक्त जवाफ दिने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ३३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल