होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले गर्दै यस पर्वले  हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गरे  ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसीयालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा फागुपूर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइने सन्देशमा भनिएको छ ।

प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने हाम्रो परम्पराले सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउँदै आएको मुख्यमन्त्रीले भनेका छन् ।

‘होलीमा प्रयोग हुने थरिथरिका रङ्ग जस्तै हाम्रो नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधताबीचको एकताले नै हाम्रो राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ’, उनले भने, ‘यस पर्वले हामीबीचको भाइचारा, सहिष्णुता, एकता र सद्भावलाई अभिवृद्धि गर्दै बन्धुत्वको भावनालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

गण्डकी प्रदेश र हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सुन्दर रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै जाति, भाषा, पेसा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’को सङ्कल्पलाई साकार पार्न सबैको साझा प्रतिबद्धता, एकता र सहभागिता आवश्यक रहेको बताए ।

यस वर्षको होलीको सङ्घारमा प्रतिनिधिसभा निर्वाचन हुँदै गरेको र निर्वाचन लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउने महत्त्वपूर्ण अवसर भएको भन्दै सन्देशमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धताको पुनः पुष्टि गर्ने पर्व पनि रहेको उल्लेख गरिएको छ ।

सम्पूर्ण मतदाताहरूलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गर्दै उनले हाम्रो एक मतले स्थिरता, विकास र समृद्धिको मार्ग तय गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : ०१ बजे

रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारका सङ्कल्प : आर्थिक तथा पूर्वाधार प्याकेज लागू गर्ने

रुकुमपूर्व– रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस

वसन्तपुरमा विदेशी पर्यटकसहितले मनाए होली (तस्बिरहरू)

काठमाडौं– फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा