साउदी अरबस्थित विश्वकै ठूलो अरामको तेल रिफाइनरीमा इरानको हमला « Khabarhub

साउदी अरबस्थित विश्वकै ठूलो अरामको तेल रिफाइनरीमा इरानको हमला


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी ‘अरामको’को रिफाइनरीमा इरानले हमला गरेको छ।

रोयटर्सका अनुसार ड्रोन आक्रमणपछि साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले सोमबार आफ्नो रास तनुरा तेल रिफाइनरी बन्द गरेको छ।

रिपोर्टअनुसार रिफाइनरी बन्द भएको खबरसँगै ब्रेन्ट क्रुड तेलको मूल्य ९.३२ प्रतिशतले बढेको छ।

अरामकोबारे

साउदी अरामको विश्वकै सबैभन्दा ठूला तेल तथा ग्यास कम्पनीमध्ये एक हो। यो पूर्ण रूपमा साउदी अरब सरकारको स्वामित्वमा छ।

कम्पनीको स्थापना सन् १९३३ मा अमेरिकी कम्पनीहरूसँगको सम्झौताअनुसार भएको थियो। सन् १९८० मा यो पूर्ण रूपमा साउदी सरकारको नियन्त्रणमा आएको हो। यसको मुख्यालय धहरानमा रहेको छ।

अरामकोसँग विश्वका सबैभन्दा ठूला तेल भण्डारमध्ये एक रहेको छ। यसले दैनिक लाखौं ब्यारेल कच्चा तेल उत्पादन गर्छ, जसका कारण यो विश्व ऊर्जा बजारको प्रमुख आपूर्तिकर्ता बनेको छ।

साउदी अरबको अर्थतन्त्र ठूलो हदसम्म यही कम्पनीको आम्दानीमा निर्भर छ। अरामकोले कच्चा तेल उत्पादन मात्र होइन, रिफाइनिङ, पेट्रोकेमिकल्स र प्राकृतिक ग्यास क्षेत्रमा पनि काम गर्छ।

यसको नियन्त्रणमा विश्वकै सबैभन्दा ठूलो परम्परागत तेल क्षेत्र गवार पनि पर्छ। सन् २०१९ मा कम्पनीले शेयर बजारमा आईपीओ सार्वजनिक गरेको थियो।

जसलाई इतिहासकै सबैभन्दा ठूलो आईपीओ मानिन्छ। पछिल्ला वर्षहरूमा अरामकोले नवीकरणीय ऊर्जा, हाइड्रोजन र कार्बन क्याप्चर प्रविधिमा लगानी बढाउँदै लगेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : २८ बजे

उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रको विरोध

काठमाडौं– उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको

विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं 

काठमाडौं– काठमाडौं आज विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ

गण्डकी– कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा

कार्टुन

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको