बङ्गलादेशको महिला टोली पहिलो पटक एसियन कपमा « Khabarhub

बङ्गलादेशको महिला टोली पहिलो पटक एसियन कपमा


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढाका– सामाजिक कलंक, गरिबी, धार्मिक कट्टरता र पारिवारिक दबाबको वर्षौंको अवरोध पार गर्दै बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक महिला एसियन कपमा स्थान बनाउन सफल भएको छ। अस्ट्रेलियामा मार्च ३ देखि सुरु हुने प्रतियोगितामा डेब्यू गर्ने टोलीका लागि यो केवल खेल उपलब्धि मात्र नभई लैङ्गिक विभेदविरुद्धको ऐतिहासिक जित पनि मानिन्छ।

करिब १७ करोड जनसङ्ख्याको यस दक्षिण एसियाली राष्ट्रमा महिला खेलाडी बन्न सजिलो छैन। विशेषगरी ग्रामीण क्षेत्रमा केटीहरूलाई खेलकुदबाट टाढा राख्ने सामाजिक दबाब गहिरो छ। सर्ट लगाएर फुटबल खेल्नु अभद्र ठान्ने धारणा अझै जीवित छ। कप्तान अफिदा खान्डाकरका अनुसार, समुदायबाट पर्याप्त साथ प्राप्त भए अझ धेरै केटीहरू टोलीमा जोडिन सक्थे। उनले बताए, धेरैले प्राथमिक तहपछि नै फुटबल छोड्नुपरेको छ भने कतिपयलाई सानै उमेरमा विवाहका लागि दबाब दिइएको छ।

बीस वर्षीया खेलाडी एन्निमा खानम रिचीले आफ्ना साथीहरूलाई खेलबाट हटाएर व्यवस्थित विवाह गराइएको अनुभव साझा गर्दै परिवारहरूले सामाजिक दबाब सहन नसक्दा छोरीहरूलाई मैदानबाट टाढा राख्ने गरेको बताए। कप्तान खान्डाकरले पनि आफ्ना आमाबाबुको समर्थनमा कटु टिप्पणी सहेर अघि बढ्न सकिएको उल्लेख गरे। उनी पाँच वर्षको उमेरदेखि फुटबल खेल्दै आएका हुन्।

सन् २०११ मा पहिलो महिला लिग सुरु भए पनि बङ्गलादेशमा दुई वर्षयता राजनीतिक उथलपुथलले महिला फुटबलमा चुनौती थपेको थियो। सन् २०२४ को विद्रोहपछि सक्रिय इस्लामवादी समूहहरूले महिलामाथि ‘अपर्याप्त विनय’ को आरोप लगाउँदै दबाब बढाएका थिए। हिंसाको धम्कीका कारण गत वर्ष केही खेल रद्दसमेत भएका थिए।

बङ्गलादेश फुटबल महासङ्घका प्रशिक्षक सैफुल बारी टिटुले महिला टोलीले धेरै विरोध झेलेर यहाँसम्म पुगेको बताउनुभयो। देशभर ४० भन्दा बढी क्लबले केटीहरूलाई प्रशिक्षण दिन थालेका छन्। महिला शाखा प्रमुख महफुजा अख्तर किरोनका अनुसार खेलाडीहरूको जीविकोपार्जन सुनिश्चित गर्नु प्राथमिकता हो। पुरुष खेलाडीको तुलनामा पारिश्रमिक कम भए पनि आम्दानीले धेरै परिवारलाई स्थायित्व दिएको छ।

अधिकांश खेलाडी सीमान्तकृत परिवारबाट आएका छन्। कप्तानका बुबा खन्डाकर आरिफ हुसेन प्रिन्सका अनुसार धेरै अभिभावक रिक्शाचालक, मजदुर वा साना व्यवसायी भएकाले आर्थिक अभावका कारण छोरीहरूले खेल छोड्ने अवस्था आउँछ। तर प्रायोजकहरूको चासो बढ्दै गएसँगै समाजको मनोवृत्ति परिवर्तन भइरहेको खेल अधिकारीहरूको विश्वास छ।

अब बङ्गलादेशले आफ्नो पहिलो खेल नौ पटकको एसियाली च्याम्पियन चीनसँग खेल्दै अभियान सुरु गर्नेछ। चीन र उत्तर कोरिया जस्ता शक्तिशाली टोलीसँग प्रतिस्पर्धा कठिन हुने भए पनि कप्तान खान्डाकरका अनुसार टोली उत्कृष्ट प्रदर्शन गर्ने दृढता राखेको छ। एसियन कपको मैदानमा उत्रँदा बङ्गलादेशी खेलाडीहरूको लागि यो केवल खेल प्रतियोगिता नभई समानताको सङ्घर्षको निरन्तरता हुनेछ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : ४७ बजे

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं- जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण

तेहरान- इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायली प्रधानमन्त्री

नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ?

झापा- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

स्वास्थ्य बीमाको नयाँ दाबी निर्देशन, शिशुको उपचार आमाकै बीमा कोडबाट हुने 

काठमाडौैं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गत दाबी व्यवस्थापन प्रणालीलाई