नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ? « Khabarhub

नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ?


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो राजनीतिक जीवनको कठिन चुनौतीको सामना गरिरहेका छन्।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कडा टक्कर दिइरहेका छन्।

यो क्षेत्र ओली र नेकपा एमालेको परम्परागत गढ मानिन्छ, तर यसपटक युवा तथा नयाँ पुस्ताको आकर्षण बालेनतिर देखिएको छ।

ओलीले चुनावी अभियान तीव्र बनाउँदै घर-घर, टोल-टोल पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्।

सोमबार पनि उनी मतदातामाझ पुगेका थिए, जहाँ एक भारतीय पत्रकारले उनलाई नेपालको आगामी निर्वाचनमा बाहिरी शक्तिको हस्तक्षेपबारे प्रश्न गरे।

सवाल-जवाफ

पत्रकारले सोधे : बाहिरका शक्तिले नेपालको चुनावको परिणाम बदल्ने कोसिस गरिरहेको हामीले पनि सुनेका छौं। अहिले बाहिरका कहाँ-कहाँबाट लगानी आइरहेको पनि भन्ने कुरा छ, खासमा यसबारे के भन्नुहुन्छ?

ओलीको जवाफ : यसमा हामी धेरै जाँदैनौँ। तर नेपालको चुनावी परिणाम बदल्न बाहिरबाट लगानी आएको भन्ने हल्ला धेरै छ। सामाजिक सञ्जालमा यो कुरा व्यापक भइरहेको छ । हल्लाअनुसारका केही सामग्री तपाईंहरूले देखिरहनु भएको छ। तर यसबारे मसँग ठोस प्रमाण छैन। बिना ठोस प्रमाण म केही पनि भन्दिनँ। बिनाआगो धुवाँ कसरी निस्किएला र ? हामीले पनि यो कुरा सुनेका छौँ। नेपालको चुनावी परिणाम फेरबदल गर्ने कोसिस भइरहेको त सर्वसाधारणले पनि भनिरहेका छन्।

पत्रकारले फेरि सोधे : छिमेकी भारत र चीनसँगको सम्बन्धबारे के भन्नु हुन्छ ? तपाईंले दुई निकट छिमेकी भारत र चीनलाई नजिक लिएर जानुभएको थियो। आउने समयमा के हुन्छ?

ओलीको जवाफ : हामी कसैविरुद्ध कुनै किसिमको कार्ड प्रयोग गर्दैनौं। दुवै छिमेकीसँग हामी बेइमानीको सम्बन्ध कायम गर्दैनौं। कसैविरुद्ध कसैलाई प्रयोग गर्दैनौं। कुनै छिमेकीसँग हाम्रो सम्बन्ध इमानदार हुनेछ। मेरो सरकारको पालामा हामीले चीनसँग सम्बन्ध नजिक बनाउँदै भारतसँग पनि सन्तुलन कायम गरेका थियौं। हामी दुवै छिमेकीसँग धोकाको सम्बन्ध राख्दैनौं। कसैलाई पनि हामी झुक्याउँदैनौं।

यो किसिमको सम्बन्ध पुस्तौंदेखि यही छ। यो आगामी पुस्तासम्म पनि यही रहनुपर्छ। दुवै छिमेकीसँग हामी मिलेर बस्नुपर्छ। हामीलाई दुवै छिमेकीसँग एक विश्वासिलो सम्बन्ध बनाउनुछ। हामीले त्यही अनुसार हाम्रो नीति अघि बढाउनुपर्छ। हामी आफ्नो जमिन, आफ्नो माटोलाई कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौं, यो हाम्रो संस्थागत नीति हो। हामी छिमेकीविरुद्धका कुनै पनि कुरा सहन सक्दैनौं।

हामी हाम्रो जायज कुरा छाड्दैनौं। हाम्रो राष्ट्रिय स्वार्थ हामी छाड्दैनौं। हामी छिमेकीसँग राम्रो सम्बन्ध राख्छौं। कुनै छिमेकीलाई चिढ्याउने र बिच्काउने पक्षमा हामी छैनौं। हामी हाम्रो जायज राष्ट्रिय स्वार्थको सदैव रक्षा गर्छौं। हामी जायज मुद्दामा छिमेकीसँग संवाद पनि गर्छौं। छिमेकीसँग हाम्रो सम्बन्ध राष्ट्रिय स्वार्थ बचाउँदै कसैलाई नचिढ्याउने र नबिच्काउने नीतिअनुसार अघि बढ्छ।

चर्चा

ओलीको यो अन्तर्वार्ताले झापा-५ को चुनावी माहोलमा बाहिरी हस्तक्षेप र छिमेकी नीतिको विषयलाई चर्चामा ल्याएको छ। ओलीले प्रमाणबिना कुनै आरोप नलगाउने बताए पनि सामाजिक सञ्जालको हल्ला र जनधारणालाई स्वीकार्दै लगानी आएको हुन सक्ने संकेत गरेका छन्।

झापा ५ मा ओलीको जितसँगै एमालेको बलियो पकड कायमै राख्ने वा बालेनको उदयले नयाँ राजनीतिक समीकरण बनाउने दुई विकल्प देखाएको छ। मतदान नजिकिँदै गर्दा यो क्षेत्र नेपालको राजनीतिमा यो क्षेत्र अहिले ‘हट सिट’ बनेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ४ : ०० बजे

स्वास्थ्यबीमा केवल उपचार मात्र होइन, सामाजिक विषय पनि हो : जनस्वास्थ्यविद् डा. वन्त

काठमाडौं– नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा

रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल

रोल्पा– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र