इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति « Khabarhub

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका विद्यार्थीहरूलाई राहत दिँदै तेहरानले देशको शैक्षिक संस्थानहरूमा अध्ययनरत विदेशी नागरिकहरूलाई आफ्नो भूमि बाहिर निस्कन अनुमति दिने घोषणा गरेको छ ।

यस बाहेक, विद्यार्थीहरूलाई उनीहरूको अन्तिम परीक्षाहरूमा उपस्थित हुन र उनीहरूको सोध पत्रको लागि पछि अनुमति दिइने र जसको मितिहरू पछि घोषणा गरिने देशको शिक्षा मन्त्रालयललाई उदृत गर्दै तस्नीम न्यूजले उद्धृत गरेको छ ।

हाल इरानमा विश्वविद्यालय र सार्वजनिक संस्थाहरू अस्थायी रूपमा बन्द भएका छन् भने  अन्तर्राष्ट्रिय उडानहरू ठप्प गरिएको छ ।

भारतीय अधिकारीहरूले आफ्ना विद्यार्थीहरूलाई इरान छोड्न आग्रह गर्दै बारम्बार सूचना जारी गरेका छन्, तर हवाई क्षेत्र बन्द भएकाले निकासी प्रयासहरू जटिल भएको जनाएको छ । तेहरान, उर्मिया र अन्य क्षेत्रका विद्यार्थीहरूले अस्पताल र शैक्षिक संस्थाहरू लगायत आवश्यक सेवाहरूमा सीमित पहुँचको सामना गरिरहेका छन् भने आगामी १५ दिनका लागि सञ्चालन स्थगित गरेको छ ।

 तसनीम न्यूजले इरानबाट विदेशी विद्यार्थीहरूलाई बाहिरिन अनुमति दिएको जनाउदै  मन्त्रालयले सबै विश्वविद्यालयहरू देशबाट बाहिर निस्कन चाहने विदेशी विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्ने  र अन्तिम अवधिको परीक्षा सञ्चालनका लागि वैकल्पिक समय घोषणा गर्ने जनाएको छ । 

आर्मेनिया र अजर–बैजान जस्ता छिमेकी देशहरूमा निकासी मार्गहरूमा मार्ग दर्शन प्रदान गर्दै भारतीय दूतावास विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ । यद्यपि, अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रतिबन्ध र निरन्तरको मिसाइल आक्रमणका कारण अधिकारीहरूले तत्काल निकासी एक जटिल चुनौती बनेको स्वीकार गरेका छन् । 

विद्यार्थी र परिवारहरूले सुरक्षा, सञ्चार  ढिलाइ र सहायतामा चिन्ता व्यक्त गरेका छन् भने सङ्कटको बीचमा उनीहरूको सुरक्षित फिर्ती सुरक्षित गर्न समन्वित अन्तर्राष्ट्रिय प्रयासहरूको आवश्यकतालाई जोड दिइएको छ ।  

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ५ : १७ बजे

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा