कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट « Khabarhub

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट खसालिदिएको जनाएको छ।

संयुक्त अमेरिकी सेनाको कतारस्थित सेन्ट्रल कमान्डले सोमबार कुवेतको हवाई सुरक्षा प्रणालीले गल्तीले तीन अमेरिकी एफ-१५ई स्ट्राइक इगल लडाकु विमान खसालेको पुष्टि गरेको छ।

तर ती फाइटर जेटका सबै छ जना चालकले सफलतापूर्वक इजेक्शन गरेर बाँच्न सफल भएका छन्। उनीहरू सुरक्षित रूपमा उद्धार गरिएका छन् ।

हाल सबैजना स्थिर अवस्थामा रहेका अमेरिकी सेनाले जनाएको छ। सेन्टकमले कुवेतलाई यस घटनापछि अपरेशनमा सहयोगका लागि धन्यवाद दिएको छ।

घटनाको कारणको अनुसन्धान जारी रहेको सेन्टकमले जनाएको छ । स्थानीय बासिन्दाहरूले घटनास्थलमा पुग्दा विमान र चालक अमेरिकी रहेको पुष्टि गरेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ०३ बजे

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण