ललितपुर– ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान ‘को शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका हुन् ।
वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ ।
यस अभियानमा वातावरण प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्नेछन् ।
साथै, जथाभाबी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रुख बिरुवा क्षति पुर्याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ ।
महानगरपालिकाले यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी गराए ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया