ललितपुर महानगरपालिकाले गर्‍यो वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरू) « Khabarhub

ललितपुर महानगरपालिकाले गर्‍यो वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरू)


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान ‘को शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका हुन् ।

वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ ।

यस अभियानमा वातावरण प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्नेछन् । 

साथै, जथाभाबी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रुख बिरुवा क्षति पुर्‍याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ ।

महानगरपालिकाले यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी गराए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १ : ४६ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,