संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन « Khabarhub

संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले संसद्लाई स्कुलको संज्ञा दिएका छन् ।

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कोट, पाइन्ट र भादगाउँले टोपीमा सजिएर उनी स्कुल पढ्न जाने भन्दै संसद्तिर लागेका हुन् ।

‘लौँ, आजदेखि म पनि सिंहदरबारको स्कुलमा जाने हो । स्कुलमा पढ्न पाएकोमा क्या राम्रो लागेको छ’, उनले एक भिडियोमा भनेका छन्, ‘लौ दाजुभाइ दिदीबहिनीहरू स्कुल जाने हो, संसद्को स्कुल गएर पढ्ने हो । झोलामा कपी कलम पनि हाल्ने हो ।’

उनले ढिलै भए पनि संसद्को स्कुल जान पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘ढिलै भए पनि स्कुल जान पाएँ । स्कुल जान पाएकोमा म त एकदम खुसी छु । म त एकदम विद्यार्थी संसद्को’, उनी नाच्दै अगाडि भन्छन्, ‘पाँच वर्षका लागि संसद्को स्कुल पढ्ने हो ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १ : ४५ बजे

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति