काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर व्यवस्थापनको नीति अपनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले देशलाई गरिब र धनी सबैका लागि बस्न मिल्ने बनाउने आवश्यकता रहेको पनि बताएका छन्।
साम्पाङले भने, ‘कुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोस्दै डोजर चलाउने चलनको अन्त्य गरियोस् जनताको घर टहरा भत्काउनु हुँदैन। सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अगाडि बढाओस्।’
उनले थपे, ‘सरकारले सुकुम्बासी भूमिहीनलाई लालपुर्जाको व्यवस्था गरोस्। धनीको मात्रै होइन गरिबको पनि यो देश हो भन्ने किसिमको आवास हामीलाई हुनुपर्छ। सरकारले काम गरोस्। उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा हामीले व्यवहारबाट जान्नुपर्छ। उपत्यकामा मात्रै सबै विकास थोपर्ने रणनीतिको अन्त्य होस्। सबै खाले विभेदको अन्त्य गरिनुपर्छ।’
















प्रतिक्रिया