म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन « Khabarhub

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका अग्ला र जोखिमपूर्ण भीरबाट शिकारीले मह निकाल्न थालेका हुन् ।

धवलागिरि गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाको १५ जनाको टोलीले शुक्रबारदेखि खोरीया नजिकैको भीरबाट मह निकाल्न सुरु गरेको छ । पहिलो दिन दुईवटा घारबाट करिब ७० लिटर मह निकालिएको पाइजाले जानकारी दिए । “अहिले बेँसीका भीरबाट सुरु गरेका छौँ, यो क्रम असारसम्म लेकका पहाडहरूमा पुगेर टुङ्गिन्छ,” उनले भने ।

भिरमह निकाल्ने प्रक्रिया अत्यन्तै साहसिक र चुनौतीपूर्ण मानिन्छ । स्थानीय भाषामा ‘परङ’ भनिने डोरीको भर्‍याङमा झुन्डिएर ज्यानको बाजी लगाउँदै शिकारीहरू मौरीको गोलासम्म पुग्ने गर्छन् । मह निकाल्नुअघि धुवाँ लगाएर मौरी भगाउने गरिन्छ । मुख्य शिकारीले भीरको बीचमा झुन्डिएर निकालेको महलाई डोरीकै सहायताले भुइँसम्म पुर्‍याइन्छ ।

वसन्त र शरद ऋतुलाई मह सिकारका लागि उपयुक्त समय मानिन्छ । अहिले निकालिएको मह प्रतिलिटर ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको शिकारीहरू बताउँछन् । औषधीय गुण हुने र धार्मिक कार्यमा समेत प्रयोग गरिने भएकाले भिरमहको माग उच्च छ ।

दुर्गमका यी भीरमा हुने मह सिकारलाई पछिल्लो समय पर्यटकीय आकर्षणका रूपमा समेत हेर्न थालिएको छ । स्थानीय शिकारीले वर्षौँदेखि पुर्खाले अपनाउँदै आएको परम्परागत सीप र प्रविधिको प्रयोग गरी मह निकाल्दै आएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : १० बजे

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई

अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै

चीनविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण गरिने

काभ्रेपलाञ्चोक– बाढीपहिरोले बगाएका काभ्रेका ६ वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने