सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल « Khabarhub

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा पर्याप्त सूचना र समय नदिई हतारमा गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बस्ती हटाउँदा मानवीयता र व्यवहारिकता कायम गर्न नसकिएको टिप्पणी गरे। पर्याप्त तयारीबिना डोजर प्रयोग गर्नु गलत भएको उनको भनाइ थियो।

महामन्त्री पौडेलले सुकुम्वासी बस्तीमा ‘सुकुम्वासी नभई हुकुम्वासी मात्रै छन्’ भन्ने प्रचारलाई अस्वीकार गर्दै वास्तविक सुकुम्वासीको पहिचान गरी पुनर्स्थापनाको स्पष्ट योजना बनाएपछि मात्र हटाउने प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेस सांसद सन्दीप रानालाई बधाई दिन आयोजित कार्यक्रममा उनले वर्तमान सन्दर्भमा कांग्रेस सांसदहरूको जिम्मेवारी अझ बढेको उल्लेख गरे। 

‘झण्डै दुई तिहाइको सरकार छ, जसले संख्याको बलमा गलत काम गर्न सक्छ। त्यसको डटेर सामना गर्नुपर्छ र जनतालाई बुझाउन सक्नुपर्छ,’ उनले भने।

उनले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु राज्यको मूल मर्म भएको उल्लेख गर्दै एकपक्षीय पुनर्संरचना गलत हुने धारणा राखे । लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस अझ सशक्त र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए। संवैधानिक निकायहरूले पार्टीभित्रको विवाद टुंग्याइसकेकाले अब आन्तरिक विवादमा अल्झिनुको औचित्य नरहेको उनको भनाइ थियो।

नवनिर्वाचित सांसद सन्दीप रानाले आफ्नो जितमा पार्टीका अग्रजहरूको योगदान महत्वपूर्ण रहेको बताउँदै आभार व्यक्त गरे। उनले आफ्नो जित व्यक्तिगत नभई समग्र पाल्पालीको भएको उल्लेख गर्दै विकास र प्रभावकारी नीति निर्माणमा सक्रिय रहने प्रतिबद्धता जनाए।

नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित उक्त कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार कृष्णप्रसाद अधिकारी र जमिला मियाँले प्रत्यक्षतर्फको जितले गर्वको अनुभूति गराएको बताएका थिए। कार्यक्रम समितिकी अध्यक्ष विमला बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ९ : ५९ बजे

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी