रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो  « Khabarhub

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको तीन दिनपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले शोक वक्तव्य निकालेको छ ।

बिहीबार उक्त दुर्घटना रोल्पा जिल्ला, थवाङ–१ को भिरालो क्षेत्रमा भएको हो। लु १ ज ४१६७ नम्बरको जीप करिब ७००–८०० मिटर गहिरो भीरमा खस्दा ठूलो मानवीय क्षति भएको  थियो । घटनाको तीन दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले शनिबार शोक वक्तव्य सार्वजनिक गरेका छन् ।

उक्त भयानक दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति विभिन्न तहबाट शोक व्यक्त भइरहेका बेला सत्तामै रहेका शीर्ष राजनीतिक नेतृत्वको मौनतामाथि प्रश्न उठ्न थालेको छ। 

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घटनाबारे शोकका दुई शब्द पनि नखर्चिएको भन्दै भन्दै आलोचना भइरहेको छ। त्यस्तै, सरकारका प्रवक्ता सस्मित पोखरेल पनि मौनता साँधेर बसेका छन् । 

यसैबीच, शल्यक्रियापछि स्वास्थ्य लाभ लिइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने घटनालगत्तै दुःख व्यक्त गर्दै संक्षिप्त श्रद्धाञ्जली सन्देश सार्वजनिक गरे । उता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो चुनाव क्षेत्ररजिल्लाका सर्वसाधारण परेको उक्त घटनामा शोक सन्देश निकाले ।

यता रास्वपाले घटनाको तीन दिनपछि शनिबार मात्रै विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उसले सडक सुरक्षामा सुधार आवश्यक रहेको औंल्याएको छ। पार्टीले यस्ता दुर्घटना दोहोरिन नदिन नीतिगत सुधार, कडा कार्यान्वयन र पूर्वाधार विकासमा जोड दिएको छ।

घटनापछि उद्धार कार्यमा सुरक्षाकर्मी र स्थानीयबासी सक्रिय भए पनि दुर्गम भौगोलिक अवस्था जटिल हुँदा चुनौतीपूर्ण बनेको थियो। करिब ५ सय मिटर तल भीरमा खसेको जीपबाट शव निकाल्न सुरक्षाकर्मीले ठूलै मिहिनेत गर्नुपरेको थियो । 

दुर्घटनालगत्तै स्थानीय जनप्रतिनिधिहरूले उद्धारका लागि संघीय सरकार र नेपाली सेनासँग हेलिकोप्टर माग गरे पनि उपलब्ध नगराएको खुलेको छ । बालेनको सचिवालयसँग सम्पर्क गर्न खोज्दा पटक-पटक फोन काटिएको आरोपसमेत स्थानीय जनप्रतिनिधिले लगाएका छन्।

यस घटनाले दुर्गम क्षेत्रका नागरिकप्रति राज्यको असंवेदनशीलता र पहुँचको विषयमा तिखो टिप्पणी भइरहेको छ

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : १५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी