लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु « Khabarhub

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।

लेबनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यसै गरि जर्जियामा भएको अर्को आक्रमणहरूमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

मन्त्रालयले तटीय सहर टायर नजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएको समेत जनाएको छ ।

हबोसमा पनि इजरायलले यस अघिनै निकासी चेतावनी जारी गरिएको थियो । लेबनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टा भन्दा पनि कम समयमा आक्रमण सुरु गरेको रिपोर्ट गरेको छ ।

इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घन पछि हेजबुल्लाह विरुद्ध बल प्रयोग गर्ने जनाउदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तिमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो ।

एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण गोली प्रहार भएको पनि रिपोर्ट गरेको छ । इजरायल र हेजबोल्लाह बिचको लामो युद्ध रोक्न अप्रिल –१७ मा गरिएको युद्धविरामको बावजुद इजरायलले लेबनानमा घातक आक्रमणहरू जारी राखेको जनाइएको छ ।

युद्धविरामले इजरायललाई योजनाबद्ध, आक्रमणहरू विरुद्ध कार्य गर्ने अधिकार प्रदान गरेको छ । इजरायली सेनाले दक्षिणी सहर शामामा विस्फोट गरी यारुन सहरका ‘मठ मन्दिर र विद्यालय’ ध्वस्त पारेको एनएनएले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी महासङ्घका राष्ट्रिय समाज विकास र समन्वयका लागि उपमहासचिव, जेभियर क्यास्टेलानोसले लेबनानी रेड क्रस स्वयंसेवकहरू मिसनमा जादा आफ्नो जीवन दाउमा राखेर काम गर्नु परेको बताएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : २५ बजे

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

काठमाडौँ – कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य