इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी « Khabarhub

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि त्यहाँ मदिरा आपूर्तिमा समस्या देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आपूर्ति शृङ्खला प्रभावित हुँदा रियादस्थित मदिरा बिक्री गर्ने सरकारी पसलमा स्टक घट्दै गएको छ।

बीबीसी फारसीको रिपोर्टअनुसार रियादको डिप्लोम्याटिक क्वार्टर क्षेत्रमा रहेको एकमात्र सरकारी मदिरा पसलमा पछिल्ला दिनहरूमा अधिकांश र्‍याकहरू खाली देखिन थालेका छन्। ग्राहकहरूले महँगो र कम लोकप्रिय ब्रान्ड मात्र उपलब्ध रहेको बताएका छन्।

यो पसल सन् २०२४ मा खोलिएको हो। यसको उद्देश्य गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई सेवा उपलब्ध गराउनु हो। पछिल्लो समयमा भने यसले धनी गैर–मुस्लिम विदेशीहरूलाई पनि सेवा दिन थालेको बताइएको छ।

साउदी अरबमा सन् १९५२ देखि मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ। तर विदेशी कामदार तथा कूटनीतिज्ञहरूलाई ध्यानमा राख्दै सीमित लाइसेन्ससहित सरकारी पसल सञ्चालनमा ल्याइएको हो।

हाल इरानसँगको तनावका कारण आपूर्ति ढिलो हुने, ढुवानी प्रभावित हुने र बजारमा उपलब्धता घट्ने समस्या देखिएको बताइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १ : ०४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई