बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो « Khabarhub

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियान तीव्र गतिमा अघि बढाइएको छ। सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनेका अवैध संरचना हटाउने कार्य विभिन्न स्थानमा निरन्तर भइरहेको छ।

शनिबार काठमाडौँको बालाजुस्थित विष्णुमणि नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ। यसअघि शुक्रबार बल्खु क्षेत्रसहितका स्थानमा रहेका अतिक्रमित संरचना हटाइएको थियो।

त्यस्तै, स्वयम्भू, बालाजु–गोंगबु बसपार्क, देवीनगर लगायतका क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौँ प्रशासनले जनाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको छ।

अभियानका क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिएको छ। साथै, वास्तविक भूमिहीन तथा सुकुम्वासीको पहिचानका लागि सम्बन्धित निकायले रेकर्ड संकलनको काम पनि अघि बढाइरहेको जनाइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १ : ४० बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली