‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’ « Khabarhub

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने गरि आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको बताएका छन् ।

बाह्रखरी मिडियाले शनिबार काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत स्थितिमा पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै बजेट लेखनमा त्यसको प्रयास भइरहेको बताएका हुन् ।

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गरे। अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताए ।

निजी क्षेत्रलाई विश्वास लिएरमात्रै आर्थिक विकास सम्भव रहेको भन्दै उनले व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस्तै अर्थमन्त्री वाग्लेले निजी सम्पत्तिको सुरक्षा, सम्झौताहरूको कार्यान्वयन र करको भारलाई कम गर्ने गरी नीतिगत सुधार गरिने उनले बताए । उनले सुशासनका लागि पनि सरकारले गम्भीरतापूर्वक कार्य गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ४ : ५८ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम