मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम « Khabarhub

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको महत्व र भगवान् बुद्धका शिक्षाबारे प्रकाश पार्दै श्रम सचेतनाको आवश्यकता तथा नेपाल–ओमानबीच व्यापार, निर्यात र लगानीका सम्भावनाको खोजीमा जोड दिएको दूतावासले जनाएको छ ।

राजदूत अर्यालले आर्थिक कूटनीति प्रवर्द्धन, निर्यात र लगानीका अवसर पहिचान तथा नेपाली श्रमिकको हित संरक्षणमा दूतावासले गरिरहेका प्रयासका साथै नेपालमा व्यापार, निर्यात र लगानीका सम्भावना, नेपालको आर्थिक हित प्रवर्द्धनमा ओमानस्थित नेपाली समुदायको भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्यात तथा लगानी प्रवर्द्धन, श्रम सचेतना तथा बुद्ध जयन्ती र श्रमिक दिवसका सन्दर्भमा छलफल भएको थियो । त्यस अवसरमा नेपाली सामाजिक क्लबका प्रतिनिधि, विज्ञ समूहका सदस्य, नेपाली व्यवसायी, उद्धार टोलीका सदस्य तथा समुदायका अन्य सदस्य गरी ७८ जनाको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : ०८ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू