राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने « Khabarhub

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै एकसाथ १५० निकायका करिब ११०० पद खाली हुने भएको छ । राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली भएको मानिनेछ ।

यसमा पर्ने निकायहरूमा विश्वविद्यालयहरू, सार्वजनिक संस्थानहरू, समितिहरू, बिभिन्न बोर्ड, बिभिन्न प्राधिकरणहरू सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्ति दिएका आदर्श श्रेष्ठ, संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरू विश्वविद्यालयहरूका विभिन्न पद, सरकारका विभिन्न निकाय, प्रज्ञा प्रतिष्ठान, नेपाल टेलिभिजन, पीएसबी लगायत रहेका छन् ।

यद्यपि नेपाल राष्ट्र बैंकको गभर्नर र सञ्चालक समिति सदस्यलाई पदमुक्त गर्ने व्यवस्था नभएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : ११ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली