भोजपुर तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम « Khabarhub

भोजपुर तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो । हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र बजार व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ ।

तिम्मा क्षेत्र प्राकृतिक हिसाबले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यहाँ नजिकै जङ्गल, विभिन्न प्रजातिका फूल, बिरुवा तथा स्वच्छ वातावरण रहेकाले मौरीका लागि आवश्यक चरन क्षेत्र सहज रूपमा उपलब्ध छ । मौरीपालन व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहेकाले यसतर्फ किसानलाई प्रोत्साहन गर्न तालिम दिइएको वडाध्यक्ष नरबहादुर राईले बताए ।

कृषिमा आधारित आयआर्जनको अवसर बढाउँदै स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ मौरीघार बनाउने तालिम सञ्चालन गरिएको उनको भनाइ छ । ‘तिम्मा क्षेत्रमा मौरीपालनको राम्रो सम्भावना छ । हाल यहाँ परम्परागत रूपमा मौरीपालन भइरहेको छ । अब आधुनिक घार निर्माण र व्यवस्थापनसँग जोड्न सके यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने हाम्रो विश्वास छ । सोहीअनुसार तालिम दिएका हौँ’, वडाध्यक्ष राईले भने ।

स्थानीय तहले आगामी दिनमा मौरीपालनलाई थप प्रवर्द्धन गर्न आवश्यक प्राविधिक सहयोग, सामग्री व्यवस्थापन तथा बजार पहुँचमा सहयोग गर्ने योजना बनाएको पनि उनले जानकारी दिए ।

स्थानीय मौरीपालक कृषक दीपेन्द्र राउतले तालिम लिएपछि अब आफैँ आधुनिक घार निर्माण गर्न सहज भएको बताए । तालिमका अवसरमा मौरीपालनसँगै आधुनिक घार निर्माणसम्बन्धी व्यवहारिक सीप हासिल गरेको उनले जानकारी दिए ।

व्यावसायिक मौरीपालनमार्फत मह उत्पादनसँगै मौरीबाट परागसेचनसमेत हुने भएकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने कृषि विज्ञहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १० : ०९ बजे

भाजपा मुख्यालयमा बाजागाजा र पुष्पवर्षासहित रवि लामिछानेको भव्य स्वागत

काठमाडौँ – पाँच दिने भारत भ्रमणमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी

काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल