शिक्षा शुल्कमा लगाइएको कर, अभिभावकमाथि अत्याचार « Khabarhub

शिक्षा शुल्कमा लगाइएको कर, अभिभावकमाथि अत्याचार


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), शैक्षिक प्रविधि, शिक्षक क्षमता विकास, खुला विश्वविद्यालय, चिकित्सा शिक्षाको विस्तार तथा पारिश्रमिकसहितको इन्टर्नसिपजस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा केही नयाँ आशा जगाएका छन् ।

सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न राज्यले गरेको प्रतिबद्धता स्वागतयोग्य छ, किनकि प्रत्येक नागरिकलाई गुणस्तरीय र निःशुल्क शिक्षा उपलब्ध गराउनु राज्यको संवैधानिक दायित्व हो ।

बजेटका केही व्यवस्था र शिक्षा क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिले गम्भीर बहसको आवश्यकता पनि देखाएका छन् । विशेषगरी निजी विद्यालय तथा क्याम्पसको शुल्कमा लगाइएको तीन प्रतिशत कर, शुल्क निर्धारणसम्बन्धी अस्पष्टता तथा निजी शिक्षा क्षेत्रप्रति राज्यको दृष्टिकोण अहिले चर्चाको विषय बनेको छ ।

नेपालको वर्तमान यथार्थलाई हेर्ने हो भने सार्वजनिक विद्यालयको सुधार अपरिहार्य छ । सरकारी विद्यालय सक्षम, प्रतिस्पर्धी, प्रविधिमैत्री र गुणस्तरीय बन्नैपर्छ । तर अर्को यथार्थ के पनि हो भने आज लाखौँ विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् ।

हजारौँ शिक्षक, कर्मचारी र उनीहरूका परिवारको जीविकोपार्जन निजी शिक्षा क्षेत्रसँग जोडिएको छ । विगत तीन दशकभन्दा बढी समयदेखि निजी विद्यालयले राज्यको शैक्षिक भार कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

यही अवस्थामा सरकारले निजी विद्यालय तथा क्याम्पसबाट लिइने शुल्कमा तीन प्रतिशत कर लगाउने निर्णय गरेको छ । व्यवहारमा यो कर विद्यालयले तिर्ने होइन, अन्ततः अभिभावककै काँधमा थपिने आर्थिक भार हो ।

आजको आर्थिक अवस्थामा धेरै परिवार बढ्दो महँगी, घट्दो आम्दानी र सीमित आर्थिक स्रोतका बीच आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका छन् । कतिपय अभिभावकले आफ्नो व्यक्तिगत आवश्यकता कटौती गरेर शिक्षा खर्च व्यवस्थापन गरिरहेका छन् ।

राज्यले शिक्षा क्षेत्रमा राजस्व उठाउनेभन्दा पनि शिक्षा सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ । त्यसैले शिक्षा शुल्कमा लगाइएको तीन प्रतिशत कर पुनर्विचार गरी हटाउनु उपयुक्त हुनेछ ।

त्यसैले शिक्षा शुल्कमा थप तीन प्रतिशत कर लगाइनु प्रत्यक्ष रूपमा अभिभावकमाथिको अतिरिक्त आर्थिक बोझ हो । शिक्षा कुनै विलासिताको वस्तु होइन । यो प्रत्येक नागरिकको मौलिक अधिकार हो ।

राज्यले शिक्षा क्षेत्रमा राजस्व उठाउनेभन्दा पनि शिक्षा सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ । त्यसैले शिक्षा शुल्कमा लगाइएको तीन प्रतिशत कर पुनर्विचार गरी हटाउनु उपयुक्त हुनेछ ।

यस विषयमा सरकार मात्र होइन, अभिभावक पनि आत्मसमीक्षाका लागि तयार हुनुपर्छ । नेपालमा निजी विद्यालय छनोट गर्ने क्रममा धेरै अभिभावकले विद्यालयको भौतिक पूर्वाधार, अंग्रेजी माध्यम, अतिरिक्त क्रियाकलाप, प्रविधिको प्रयोग, यातायात, क्यान्टिन, खेलकुद लगायतका सुविधा हेरेर विद्यालय छनोट गर्छन् ।

भर्ना प्रक्रिया पूरा गर्दा शुल्क संरचना, मासिक खर्च, अतिरिक्त शुल्क तथा विद्यालयको नीति पनि स्वीकार गरिन्छ । तर पछि आएर शुल्कका विषयमा मात्र असन्तुष्टि व्यक्त गर्ने प्रवृत्ति पनि देखिन्छ ।

यसको अर्थ अभिभावकका गुनासा गलत छन् भन्ने होइन । तर विद्यालय छनोट गर्नुअघि आफ्नो आर्थिक क्षमता, विद्यालयले दिने सेवा–सुविधा र त्यसको लागतबारे यथार्थ मूल्याङ्कन गर्नु पनि उत्तिकै आवश्यक छ । प्रत्येक अभिभावकले आफैँलाई एउटा स्पष्ट प्रश्न सोध्नुपर्छ- “के म आफ्नो आर्थिक क्षमताअनुसार यो विद्यालयको शुल्क दीर्घकालसम्म तिर्न सक्षम छु ?”

यदि कुनै विद्यालयले उच्चस्तरीय सुविधा, दक्ष शिक्षक, आधुनिक प्रविधि र विविध अतिरिक्त कार्यक्रम उपलब्ध गराइरहेको छ भने त्यसको केही लागत स्वाभाविक रूपमा जोडिन्छ । त्यसैले शुल्कसम्बन्धी बहस भावनामा होइन, तथ्य र पारदर्शितामा आधारित हुनुपर्छ ।

अर्कोतर्फ सरकारले पनि निजी विद्यालयको शुल्कसम्बन्धी विषयलाई स्पष्ट र वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सकेको देखिँदैन । सरकारले आज पनि २०७८ सालमा तय गरिएको शुल्क संरचना कार्यान्वयन गर्नुपर्ने कुरा दोहोर्‍याउने गरेको छ ।

अर्कोतर्फ सरकारले पनि निजी विद्यालयको शुल्कसम्बन्धी विषयलाई स्पष्ट र वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सकेको देखिँदैन । सरकारले आज पनि २०७८ सालमा तय गरिएको शुल्क संरचना कार्यान्वयन गर्नुपर्ने कुरा दोहोर्‍याउने गरेको छ । तर २०७८ साल र आजको आर्थिक अवस्था एउटै छैन । त्यसयता शिक्षक तथा कर्मचारीको तलब, घरभाडा, यातायात, प्रविधि, विद्युत्, स्टेसनरी तथा सञ्चालन खर्चमा उल्लेखनीय वृद्धि भइसकेको छ ।

यस्तो अवस्थामा विद्यालयहरूले प्रदान गर्ने सेवा–सुविधा, स्थानीय अवस्था, मुद्रास्फीति र वास्तविक सञ्चालन लागतलाई आधार बनाएर समयानुकूल शुल्क निर्धारण गर्ने व्यवस्था आवश्यक हुन्छ । तर यस विषयमा न सङ्घीय सरकार गम्भीर देखिन्छ, न स्थानीय सरकार नै पर्याप्त सक्रिय देखिएका छन् । परिणामस्वरूप विद्यालय, अभिभावक र नियामक निकायबीच हरेक वर्ष अनावश्यक विवाद दोहोरिने गरेको छ ।

निजी विद्यालय एकातर्फ सरकारका पटक–पटक परिवर्तन हुने नीति, नियम र निर्णयको मारमा छन् भने अर्कोतर्फ अभिभावकबाट आउने निरन्तर दबाब र असन्तुष्टिको सामना गर्न बाध्य छन् । शिक्षा क्षेत्रजस्तो संवेदनशील विषयमा स्थिर, स्पष्ट र दीर्घकालीन नीति नहुँदा सबै पक्ष अन्योलमा परिरहेका छन् ।

आज आवश्यक कुरा निजी विद्यालयलाई शत्रुका रूपमा चित्रण गर्नु होइन, न त अभिभावकका जायज गुनासालाई बेवास्ता गर्नु हो । आवश्यक कुरा भनेको सरकार, विद्यालय र अभिभावकबीच विश्वासमा आधारित साझेदारी निर्माण गर्नु हो ।

सरकारले सार्वजनिक विद्यालय सुधारमा प्राथमिकता दिनैपर्छ । साथै निजी विद्यालयलाई पनि शिक्षा क्षेत्रको सहयात्रीका रूपमा स्वीकार गर्नुपर्छ । अभिभावकले विद्यालय छनोट गर्दा आफ्नो आर्थिक क्षमता र विद्यालयको सेवा–सुविधाबारे स्पष्ट हुनुपर्छ । विद्यालयले पनि शुल्क निर्धारण र खर्चको विवरणमा पूर्ण पारदर्शिता अपनाउनुपर्छ ।

हाम्रो साझा उद्देश्य एउटै हो- हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गरून् । त्यसका लागि शिक्षा क्षेत्रमा दोषारोपण होइन, संवाद चाहिन्छ, दण्ड होइन, साझेदारी चाहिन्छ र करको भार थप्ने होइन, शिक्षालाई अझ पहुँचयोग्य बनाउने नीति आवश्यक छ ।

शिक्षा मौलिक अधिकार भएकाले शिक्षा शुल्कमा लगाइएको तीन प्रतिशत कर हटाउनु, वैज्ञानिक शुल्क निर्धारण प्रणाली लागू गर्नु र सार्वजनिक तथा निजी दुवै क्षेत्रलाई सँगसँगै अघि बढाउने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो ।

(लेखक शिक्षा क्षेत्रसँग सम्बद्ध छन् ।)

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १० : १८ बजे

अमेरिकी डलरसहित चिकित्सक पक्राउ

चितवन– गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु : प्रधान न्यायाधीश डा शर्मा

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम

भाजपा मुख्यालयमा बाजागाजा र पुष्पवर्षासहित रवि लामिछानेको भव्य स्वागत

काठमाडौँ – पाँच दिने भारत भ्रमणमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण