महालेखा सुझाव पालना गरे बेरुजु घट्छ : प्रदेश प्रमुख खापुङ « Khabarhub

महालेखा सुझाव पालना गरे बेरुजु घट्छ : प्रदेश प्रमुख खापुङ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयको सुझाव अनुसार सम्बन्धित निकायले कार्य गरे बेरुजु घटाउन र मितव्ययिता कायम गर्न सहयोग पुग्ने बताएका छन् । 

विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखापरीक्षक कार्यालय कोशी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को आठौं प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले बेरुजु र अनियमित खर्चले प्रदेशलाई मात्र नभई मुलुककै अर्थतन्त्रलाई प्रभाव पारिरहेकोले महालेखापरिक्षकको कार्यालयको सुझाव अक्षरशः पालना हुनुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख खापुङलाई नायब महालेखा परीक्षक श्रीकुमार राईले वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए । 

प्रतिवेदन हस्तान्तरण गर्दै नायब महालेखा परीक्षक राईले कोशी प्रदेश बाग्मती र गण्डकी प्रदेश पछि कम बेरुजु भएको प्रदेश भएको जानकारी दिए ।  

कार्यक्रममा आर्थिक वर्ष ०८१/८२ मा कोशी प्रदेशमा १ दशमलव शून्य ६ प्रतिशत बेरुजु पाइएको जानकारी दिइएको थियो । 

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव, कर्मचारी र महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेका थियो ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १ : २२ बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत