सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै « Khabarhub

सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुवै देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्य विस्तार गर्ने विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत पुगेको उक्त प्रतिनिधिमण्डलले यसअघि नै दिल्लीमा विभिन्न राजनीतिक भेटघाट गरिसकेको बताइएको छ। आजको भेटलाई दुई देशबीचको राजनीतिक तथा संस्थागत सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भारतीय राजनीतिक नेतृत्व, पार्टी पदाधिकारी तथा अन्य सरोकारवालासँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ३ : ४७ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने