उजुरी परेपछि रास्वपाको निर्वाचन प्रक्रिया स्थगित, विभिन्न स्थानको अधिवेशन रोक्न निर्देशन « Khabarhub

उजुरी परेपछि रास्वपाको निर्वाचन प्रक्रिया स्थगित, विभिन्न स्थानको अधिवेशन रोक्न निर्देशन


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आन्तरिक निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगन गरेको छ।

आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार बागमती र मधेस प्रदेशका केही जिल्लामा निर्वाचनसम्बन्धी विवाद तथा उजुरीहरू आएपछि छानबिनबाट अन्तिम निर्णय नहुँदासम्म जारी तथा प्रस्तावित सबै अधिवेशन प्रक्रिया रोकिएको हो।

निर्णयअनुसार बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका तथा अन्य विवादित स्थानीय तह र वडामा निर्वाचन प्रक्रिया स्थगन गरिएको छ।

त्यसैगरी, मधेस प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, धनुषा र सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा चलिरहेका वा हुने भनिएका वडा, पालिका तथा जिल्ला अधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पनि रोकिएको आयोगले जनाएको छ।

आयोगले जेठ १७ गतेसम्म सम्पन्न भएका प्रक्रियाबाहेक अन्य सबै निर्वाचन गतिविधि अर्को निर्णय नआएसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ। निर्देशन विपरीत कुनै प्रक्रिया अघि बढाइएमा त्यसलाई आधिकारिक मान्यता नदिइने चेतावनी पनि दिइएको छ।

निर्वाचन प्रक्रियालाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउन सबै तहका जिम्मेवार पदाधिकारीहरूलाई निर्देशनको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ४ : ११ बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित