कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक « Khabarhub

कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समसामयिक राजनीति, कविता, मुक्तक र गजल लेखनमार्फत परिचित साहित्यकार कमल शिशिरले गीत लेखनमा पनि पाइला चालेका छन्। उनको शब्द सिर्जना रहेको ‘लाल्टिन बालेर’ बोलको गीत सार्वजनिक भएको छ।

गीत शिशिरकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा गायक वसन्त थापा र गायिका देवी घर्तीको स्वर रहेको छ भने संगीत नन्दु परियारले भरेका छन्।

दिनेश पराजुलीको समूहले निर्माण गरेको गीतको म्युजिक भिडियोमा शेखर घर्ती मगर र रचना न्यौपानेको अभिनय रहेको छ। भिडियोको छायांकन दिनेश पराजुलीको समूहले गरेको हो भने सम्पादन सुजन कोइरालाले गरेका छन्।

गीतकार शिशिरका अनुसार गीतले गण्डकी र धौलागिरी क्षेत्रमा बसोबास गर्ने गुरुङ र मगर समुदायको जीवनशैली, संस्कृति र रोधी परम्परामार्फत विकसित हुने प्रेम सम्बन्धलाई चित्रण गरेको छ। उनले रैथाने लय र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गीत सिर्जना गरिएको बताए।

‘ग्रामीण क्षेत्रमा विद्युतीकरण नपुगेको समयमा दैनिक जीवनमा उज्यालोका लागि लाल्टिन, टुकी, सल्लाको दियालो, राँको तथा मसालको प्रयोग गरिन्थ्यो। दिनभरको मेलापातपछि साँझमा रोधी बस्ने गुरुङ र मगर समुदायको परम्परालाई आधार बनाएर गीत तयार गरेको हुँ,’ शिशिरले बताए।

गीतप्रति दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनको भनाइ छ।

गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटका शिशिर लामो समयदेखि गजल, कविता, मुक्तक तथा समसामयिक सामाजिक-राजनीतिक विषयमा लेखन गर्दै आएका छन्। ‘लाल्टिन बालेर’ उनको गीत लेखनतर्फको पहिलो सार्वजनिक प्रयास हो।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ६ : ५८ बजे

२० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध