आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो « Khabarhub

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष जनाएकी छन्।

‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट रहँदै आएकी सांसद तामाङले यो विषयमा प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्ने तर्क गरेकी छन्।

उनको विपक्षीको लगातारको अवरोधका कारण सभामुख डीपी अर्यालसमेत निरीह बन्दै गएको जिकीर गरेकी छन्।

‘हरेक दिन सभामुखको मुख सानो सानो न्याउरो देख्दै हुँदै गएको देख्छु यो राम्रो हो त?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मलाई मात्र होइन धेरैलाई लाग्छ उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन।’

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधि सभा सदस्य तामाङले प्रधानमन्त्री शाहलाई संसदमा आएर प्रतिपक्षका सवालको जवाफ दिनुपर्ने बताएकी छन्।

‘कृपया सदनमा आइदिनु भइ प्रतिपक्ष दलका सवालजफाव दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला’ उनले भनेकी छन् ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ९ : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई